Pages

Wednesday 21 March 2018

कबिता भानु भक्त को

भर् जन्म घाँस तिर मन् दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्,
जे धन चीजहरु छन् घर भित्रनै छन् ।

त्यस घाँसीले कसरी आज दिए छ अर्ति,
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

मुक्तक क्षितिज पारी भएउ छुन सकिन

जीवन भर तिम्रो हुन सकिन,
क्षितिज पारि भयाै छुन सकिन ।

कुरा हुन्थे दुःख सुखका धेरै,
अंगालोमा बाँधि रून सकिन ।

कति राेयाै संगै टाढिदा त्याे दिन,
अाँसुले तिम्रो माया धुन सकिन ।

गयाै त टाढा जीवनबाट धरै,
याे पागल मनलाई सम्झाउन सकिन ।

गजल : यो कस्तो जिबन

रूदै रूदै बाच्नु पर्ने यो कस्तो जिवन,
रूदै रूदै हास्नु पर्ने यो कस्तो जिवन ।

उनकै यादमा आंसुको बर्षाले परेली भिज्दा,
रूज्दै भिज्दै बाच्नु पर्ने यो कस्तो जिवन ।

मनमा आगो बली पिरको चितामा मुटु जल्दा,
जल्दै बल्दै बाच्नु पर्ने यो कस्तो जिवन ।

माया गर्ने मायालुको याद अनि सम्झनामा,
रूदै रूदै रात काट्नु पर्ने यो कस्तो जिवन ।

अंधेरी रात सिरानीको साथ र उनको यादमा,
सपनि देख्दै बाच्नु पर्ने यो कस्तो जिवन ।

गजल बिडम्बना

दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना!
झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना!
भुवा सरि उड्न खोज्ने मनलाई पनि
रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!
बाँकी थियो यौटै मात्र विश्वाशको लौरी
चुकी चुकी भाच्नु पर्ने कस्तो बिडम्बना!!
बिचरा! त्यो पिन्जडाको चरीलाई पनि
लुकी लुकी नाच्नु पर्ने कस्तो बिडम्बना!!

बिछोडको पल

जिन्दगी जीउँदै गर्दा धेरै प्रकृतिका सम्बन्धहरु बन्छन् र भत्कन्छ्न पनि । कुनै सम्बन्ध बन्दाबन्दै भत्कन्छन कुनै बनिसकेर । जति बनाउन कोसिस गरेपनि बन्दैनन कुनै सम्बन्ध अनि जति भत्काउन प्रयास गरेपनी भत्कदैनन कुनै सम्बन्ध । तर बनेर गहिराइमा पुगिसकेर भत्कियका सम्बन्धले भन्दापनी बढी पीडा दिन्छ्न यस्ता सम्बन्धले जुन सम्बन्ध न बन्छन् न भत्कन्छन्।
लाग्थ्यो म खुशी हराएको मान्छे, मेरो जिवनमा अब कहिल्यैपनी उमंगको बहार आउने छैन, प्रफुल्ल मन बनायर कसैको अगाडि खुशीको हासो हांस्न सक्नेछैन । जिन्दगीभर तिम्रो अभाव खड्किरहनेछ, अपुरो र अधुरो जिन्दगी जिउनेछु, यस्तै यस्तै सोचेर गय बिगतका केही बर्ष । तर मन भित्रका तहहरुबिच किचियर रहेको नमिठो कल्पनालाइ गलत साबित गर्दै फेरि फर्कियौ तिमी.... । 

तिमी पुनः मेरो जिन्दगिमा फर्कने तयारी गरिरहंदा मैलेपनि बनाउदै थिय तिमी सहितको जिन्दगिको नक्शा । कुनै बरिस्ठ इन्जीनियरले बनाउने नक्शा भन्दा कम थियन त्यो नक्सा, जुन नक्शाका हरेक धर्साहरु तिमी बिना अधुरा थिय... अपुरा थिय ...। फगतः पुनः आशको निराश बनायौ तिमिले । मैले बनाउदै रहेको नक्शामाथी तिम्रा कर्तुतले भरियका बिचारहरुको रंग भर्यौ र बेपत्ता भयौ कहिल्यै नफर्कने गरि । गल्ती मेरै थियो, शरीर हुँदै मनको किनबेच चलिरहेको मायाको बजारमा गरिबिको जांतोमा पिसिदा पिसिदा मसिनो भयर हुर्कियको मैले प्रेम गर्ने आंट गरें । त्यो पनि धनको रासमा पैसाको खान्की खायर हुर्कियकी तिमिसंग । चरम अभाबमा बाँचेको म र अति सम्पन्नतामा सयर गरेकी तिमि बिचको प्रेम पनि कसरी हुर्केला र ? भन्ने प्रश्न आफैसङ हुदाहुदै तिमिलाइ चाहेँ । सम्पन्न परिवार, उच्च लालन पालन र भयरहित जिन्दगिले तिमी शिखरको पाइला चाल्दै गयौ र सफल हुँदै गयौ । सफलताको केही हद मेरापनि लागि राम्रै थियो तर तिम्रो अधिक सफलता मलाइ फापेन । तिमि जतिजति सफल हुँदै गयौ मलाइ हेर्ने तिम्रो नजर तेति तेति गिराउदै लग्यौ । तर मैलेत तिम्रो सफलतासंग सम्झौता गर्न खोजेको थिइन, मैले तिम्रो एकदशक अगाडिको स्वाभाव सधैं चाहन्थे । जुन समयमा तिमी मलाइ सर म्याडमले झै पढाउथेउ, मलाइ हप्काउथेउ, सिकाउथेउ, रिसाउथेउ तर फकाउनुपर्थेन, आफै फकिन्थ्यौ ।

प्राय तिमि रिसाउदा मलाई फेसबुकमा ब्लक गर्थ्यौ र मेरो मोवाइल नं. ब्याक लिस्टमा राख्थ्यौ । मैले नयां नम्बरबाट धेरै मेहेनत गरेर बल्लबल्ल तिमिलाइ फकाउथे तर तिमि फकिन नचाहदा नचाहदै बोल्थ्यौ र भन्थ्यौ, "फकाउन पनि आउंदैन ।" हो मलाइ फकाउन आउदैन तर मलाइ रिसाउन पनि आउदैन । महिनौसम्म तिमि मलाइ अनब्लक गर्दिनथ्यौ, मोवाइलको ब्ल्याक लिस्टमा राखेको मेरो नं. पनि हटाउंथिनौ । फेरिपनि म रिसाउन्नथें, अति भएपछि सम्बन्ध टिकाउनलाइ रिसाउन हुन्न भन्ने सिद्धान्त लागु गरेँ र नरिसाउन थालें । नयां नम्बरबाट फोन गर्दापनि तिम्रो मोवाइल घण्टौंसम्म व्यस्त हुन थाल्यो । किन व्यस्त भन्दा तिमि अपत्यारिलो उत्त्तर दिएर तर्किन्थ्यौ, मैले विश्वास नमान्दा नमान्दैपनि विश्वास मान्नुपर्ने भयो । मैले धेरै केरकार र झिझो गर्न थालेपछि तिमि भन्थ्यौ, "म घरबाट टाढा छू, समय विताउन गाह्रो हुन्छ, तिमिपनि केयर गर्दैनौ, मलाइ के गरौं गरौं हुन्छ त्येसैले साथीसंग लामो कुरा गर्छु ।" तिमि पनि "केयर गर्दैनौ" भन्ने शब्दहरु मन भित्र पसे, होकी जस्तो महशुस भयो र साविकको तुलनामा दिनको एक दुइ पटक बढि फोन गर्न थालें । तिमि पहिले जस्तो खुब मज्जाले धेरै कुरा गर्दिनौ, छोटो समय गर्छ्यौ तर अलि अश्लिल गर्न चाहन्छ्यौ र गर्छ्यौ पनि । उल्टो "केटा भएर पनि मैले कुरा गर्नुपर्ने" भनेर मलाइ नामर्द जस्तो बनाइदिन्छ्यौ । तिमिले पवननगर हुंदा गर्ने कुरा बिर्सियौ सानु … । सांच्ची राजधानीले तिमिमा धेरै परिवर्तन ल्यायो वा शाखा अधिकृतले मलाई बुझ्न कठीन भयो । पहिला "तिमि फोन गर्दैनौ, मेरो केयर गर्दैनौ" भन्ने तिमिले अब बढि किच किच गर्न थाल्यौ भन्छ्यौ । फोनको मात्रा कति गर्ने स्केल नाप्न नसक्दा मेरो प्रेम ओइलाउंदै छ ...... । फोनमा के बोल्ने र के नबोल्ने भनेर नजान्दा मेरो मेरो प्रेम ओइलाउंदै छ ..... । राती घण्टौंसम्म आफ्नी प्रेमिका अरुसंग मोवाइलमा व्यस्त छे, दुइ घण्टासम्म बारम्बार फोन हान्दा उसको फोन व्यस्त छ, एक वा आधा मिनेटको फरकमा एउटै नम्बर लगभग दुइ सय पटक थिचेपछी बल्ल फोन लाग्छ, करिब पांच वा छ पटक फुल घण्टी हानेपछि फोन उठ्छ । मेरो पहिलो प्रश्न हुन्छ "को संग व्यस्त थियौ ?" तिम्रो उत्तर हुन्छ "तिमि आजकाल किचकिच गर्ने भाका छौ ।"
सांच्ची यो पटक मन असाध्यै दुख्यो । एउटाको मन यति बिधि दुखाइ दुखाइ टिकाउन कोशिस गरेको सम्बन्ध कति दिन टिक्ला ? एक न एक दिन त यो सम्बन्ध अवश्य सिसा झैं फुट्छ नै भन्ने एकोहोरो सोच्न थाल्यो मनले । विर्सनु बाहेक केहि विकल्प छैन जस्तो लाग्यो । बिर्सनलाइ तिमिले जस्तै उपाय सोच्न थालें, तिम्लाइ फेसबुकमा ब्लक गरें, तिम्रा दुइवटै मोवाइल नं. ब्याक लिस्टमा राखें, र अब बिर्सन्छु भनेर सोच्न थालें । बिर्सन्छु भनेर सोच्ने मान्छेले कसरी बिर्सन सक्ला ? आफैलाई सोधेँ यो प्रश्न र तिम्ले विगतमा गरेका व्यवहार सम्झें । सबैभन्दा पहिला सम्झें तिमिले गरेको सहयोग । स्कुल देखि क्याम्पस पढ्दासम्मका किताबका समस्या, अलि पछि करियरको समस्या, फेरि व्यवहारको समस्या । सबै सबैमा तिमि सहयोगी भयौ । जस्तोसुकै समस्या जुनसुकै परिस्थितीमा कहिल्यै नहिच्किचाइ, नहडबडाइ सहयोग गर्यौ । सांच्ची तिमि जस्तो सहयोग गर्ने मान्छे कोही छैन, तिमि जस्तो माया गर्ने कोही छैन अनि तिमि जस्तो घृणा गर्ने पनि कोहि छैन मलाई ।

तिम्रा ओठले पहिलो पटक I love you भन्दा मोवाइलको इस्पिकरले सुनाएको थियो । त्यसपछिका हाम्रा प्रेमलापहरु सबै मोवाइल मै भए । मेरो आंखा अगाडी तिमिलाई देख्दा मैले कहिल्यै तिमिलाई I love you भन्न सकिन, तिमिले कहिल्यै सुन्न चाहिनौ । फोनमा हामि धेरै कुरा गर्थ्यौं तर कहिल्यैपनि कुनै गार्डेन वा लभ पार्क तिरको शितल छहारीको दुबोमा बसेर घण्टौंसम्म मायाका कुरा गर्न सकिएन । बन्द कोठाभित्र तिमि र म मात्र रहंदाको समयमा पनि तिम्रा ओठसंग मेरा ओठ नजिक भएनन्, तिम्रा पुष्ट नितम्बहरु देखेर मेरा आंखाहरुले घुटुक्क रस निलेनन्, बरु सम्मान गरे । खै किन हो, यो मनले तिमिलाई एउटा केटी वा प्रेमिका वा हुनेवाला श्रीमतीको रुपमा मात्र हेर्न चाहेन । एउटा सहयात्री अविभावकको रुपमा सम्मान गर्न चाहिरह्यो, शारिरीक सामिप्यता क्षणिक हो भन्ने सोच्यो, सायद धेरै सोच्यो । मैले पनि देखाउनुपर्ने थियो मेरो मर्दाङ्गी । जति सक्दो तिम्रो शरिरको प्रशंशा गर्दै रस चुस्न तर्फ लालायीत हुनुपर्थ्यो, एक दिन मौका मिलाएर तिमिलाई नङ्याउनु पर्थ्यो र बेपत्ता हुनुपर्थ्यो । जुन मोर्डन प्रेम गर्ने तरिका हो त्यै गर्नुपर्थ्यो, मैले गरिन फेल भएं । कम्तिमा मैले त्यो गरेको भए, मैले प्रेम गरेर के पाएं भनेर आफैसंग प्रश्न गर्ने ठाउं रहने थिएन, मलाई जवाफ मिल्थ्यो र मन शान्त रहन्थ्यो होला । तर अहिले प्रश्न छ, जवाफ छैन त्येसैले मन छटपटीएको छ ।
तिमिसंग विताएका विगतका दिनहरु र हालसम्मको समय मेरो जिन्दगीका सबैभन्दा स्वर्णीम दिनहरु हुनेछन् । सांच्ची सानु तिम्रो ठाउं यो दिलमा कसैले लिन सक्ने छैन, यो मनले कहिल्यै विर्सन सक्ने छैन । पारिवारिक पृष्ठभुमि, शैक्षिक योग्यता, प्रोफेसन, करियर सबै चिज तिम्रो उच्च छ, तिम्रो जिवनमा दुख कहिल्यै हुने छैन, खुशि नै खुशिले वित्ने छ तिम्रो जिवन, तर तिम्रो खुशिमा म रमाउनेछैन, तिम्रो खुशिमा म सहभागि हुन पाउने छैन, यहि दुख छ मलाइ अन्य केहि छैन । अहिले महशुस हुंदै छ वास्तवमै धेरै कुराहरुले म तिम्रो लायक छैन । तिमिले सोचेको जस्तो बन्न सकिन यहि कुराले छटपटि बनाएको छ । स्कुल, क्याम्पस पढ्ने बेलामा तिम्रो र मेरो हैसियत एउटै थियो, किताब उहि, क्लास उहि, बेन्च उहि, शिक्षक उहि तिमि अलि ट्यालेन्ट थियौ म अलि कमजोर थिंए, फरक धेरै थिएन । तर अहिले धेरै फरक छ, तिम्रो उच्च सामाजिक हैसियत र कमाइ छ, मेरो छैन । महिलाहरु जति उच्च पद र ओहोदामा पुगेपनि आफ्नो जिवनसाथि चाहीं आफुभन्दा जेठो, ठुलो जागिर र अविभावकत्व चाहन्छन र त्यस्तै मान्छे खोज्छन् भन्ने सहि रहेछद । तिमिभन्दा जेठो र ठुलो जागिर त म संग छंदै छैन सायद अविभावक पनि म बन्न सकिन वा तिमिले बनाउन सकिनौ तिमि आफैलाइ थाहा होला । त्यसैले सानु अलविदा ………… तिम्रो खुशि र सुखि जिवनको सधै कामना छ । दुखि नहुनु, तिम्रो नजिकको साथीलाइ दुखि नबनाउनु, जिन्दगी सहज तरिकाले जिउनु …. र मलाइ विर्सनु ।।।।।  bye 

मुक्तक सवाज जवाफ

                        (M)
1) टाढै बाट मुहार लुकाइ लजाएर आउदा,
खाली सिउदो मेरो समीप सजाएर आउदा ।

कस्तो होला त्यो दिन तिमिले सोचेकी छेउ सानू,
पन्चे बाजा आगनिमा बजाएर आउदा ।

                             (F)
2) मेरो निम्ति अमुल्य त्यो घडी आउदा खेरी,
सिर देखि पाउ सम्मै जरि आउदा खेरी ।

कर्के नजर नहेरी त के छोड्थेर कसम,
दिलको राजा घोडा माथी चडी आउदा खेरी ।

                               (M)
3) लजाएर मन्द मन्द हास्दा तिमिले,
अंगालोलाई अंगालो ले गाँस्दा तिमिले ।

मेरा नजर तिमी संग ठक्कर खाने बेला,
जब यो दिल संग त्यो दिल  टाँस्दा तिमिले ।

                               (F)
4) म पनि त त्यै भोलिको प्रखाइमा छु,
घोम्टो फाली चोलिको प्रखाइमा छु ।

तारा बाजि खेल्ने पनि आमा बनी सके रे,
बसाइ सर्ने डोलिको प्रखाइमा छु ।

                               (M)
5) तिम्रो नाम संगै मेरो थर पाए पछि,
साच्ची एउटा पिपलुले वर पाए पछि ।

छोडिने छ जन्म घर तोडिनेछ खुल्दुली नि ,
मैले तिम्रो तिमिले मेरो भर पाए पछि ।

                                 (F)
6) स्वर्ग जस्तै सुन्दर एउटा घर पाए जान्छु,
मेरो मनले चाहेको थर पाए जान्छु ।

सधैं भरी संगै हुन्छ वर पिपललाई हेर,
म पनि त तेस्तै एउटा वर पाए जान्छु ।

                                (M)
7) झुपडि छ त्यसमै स्वर्ग बनाउनु पर्छ सीता,
थरको कुरा छोरिदेउ मन पराउनु पर्छ सिता ।

पक्कै पनि निश्चित हुन्छ वर पिपलको माया गराइ,
वर पिपल जस्तै जोडि जमाउनु पर्छ सिता ।

                               (F)
8) दिलको राजा तिमिलाइ नै मान्छु म कसम,
देउराली मा गै संगै खान्छु म कसम ।

मात्र एउटा काम तिमिले मेरो मन जित्नु,
त्यस पछि त नाइ नभनी जान्छु म कसम ।

गजल छोटो

एउटा सुन्दरी को खोजिमा छु,
मलाई माया गर्नेको खोजिमा छु ।

मन बैँस अनि उमेर भाकी होस,
हो म तेस्तै मायाको खोजिमा छु ।

घर अनि समाजको इज्जत गर्ने होस,
साच्ची मेरो मनले खाकी को खोजिमा छु ।

बिहानै उठि चुलो दैलो लिप्ने ,अनि,
बुडोलाइ अंगालोमा टाँस्नेको खोजिमा छु ।

बोकि नौ महिना पेटमा जन्माइ बच्चा,
मलाइ बाउ बनाउने को खोजिमा छु ।

कबिता भानु भक्त को

भर् जन्म घाँस तिर मन् दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्...